“ क्यानडा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२५
- A
- A-
- A+
जिल्ला
झापा गौरादह न.पा. वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौं कागेश्चरी मनोहरा न.पा.
वडा नं. १ सानटारी बस्ने वर्ष २४ को सुजन पुरीले भुमिराज राईलाई वैदेशिक रोजगारीको लागि क्यानडा
पठाईदिन्छु, त्यसको लागि रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ मात्र )
लाग्छ, क्यानडा पुगेपछि सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, मासिक रु. २,००,०००/-(
अक्षेरुपी दुई लाख रुपैयाँ मात्र ) भन्दा
बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा
रु. १०,८५,०००/- (अक्षरुपी दश लाख पचासी
हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार
विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले निज सुजन पुरीलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०५।२४ गते १६:००
बजेको समयमा का.जि.कागेश्वर मनोहरा न.पा. वडा नं. १ सानटारीबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : सुजन पुरी
उमेर : २४ वर्ष
वतन
:
जिल्ला झापा गौरादह न.पा. वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौं कागेश्चरी
मनोहरा न.पा. वडा नं. १ सानटारी