“अल्वानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२६
- A
- A-
- A+
जिल्ला झापा बिर्तामोड न.पा वडा नं. ०४ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा नं. ०९ सिनामंगल वस्ने वर्ष २५ की सुधा चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, त्यसको लागि रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) लाग्छ अल्वानिया मा प्याकिङमा काम लगाइदिन्छु, मासिक रु. ७२,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. २,७२,०००/- (अक्षेरुपी दुई लाख बहत्तर हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुधा चौधरीलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०५।२५ गते २०:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : सुधा चौधरी
उमेर : २५ वर्ष
वतन : जिल्ला झापा बिर्तामोड न.पा वडा नं. वडा नं. ०४ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा ०९