“ साइप्रस पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२९
- A
- A-
- A+
जिल्ला
उदयपुर बेलका न.पा वडा नं. वडा नं. ०५ स्थाई घर भई हाल जिल्ला ललितपुर, ललितपुर
म.न.पा वडा १२ मंगलबजार बस्ने बर्ष ३२ की चेतना श्रेष्ठले राधेश्याम वानियालाई वैदेशिक
रोजगारीको लागि साइप्रस पठाईदिन्छु, त्यसको लागि रु.१५,६५,०००/- ( अक्षेरुपी पन्ध्र
लाख पैसठ्ठी हजार रुपैयाँ मात्र ) लाग्छ साइप्रस पुगेपछि कृषि फार्ममा काम लगाइदिन्छु,
मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट पटकपटक गरी जम्मा रु. ७,५०,०००/-
(अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन
भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन
हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज चेतना श्रेष्ठलाई
खोजतलास गर्ने क्रममा मिति २०८०।०५।२९ गते अं. १२:०० बजेको समयमा जिल्ला ललितपुर ,
ललितपुर म.न.पा. वडा नं. १२ मंगलबजारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : चेतना
श्रेष्ठ
उमेर : ३२ वर्ष
वतन : जिल्ला उदयपुर बेलका न.पा वडा नं. वडा नं. ०५ स्थाई घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा वडा १२ मंगलबजार ।