“ U.K पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२९
- A
- A-
- A+
जिल्ला
पर्सा निर्मलबस्ती वडा नं. ०२ स्थाई घर भई
हाल जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा वडा नं. ०९ बस्ने बर्ष ४४ को मुक्तिराज
बोम्जनले प्रकाश कठायत समेत ७ जनालाई वैदेशिक रोजगारीको लागि U.K पठाईदिन्छु, त्यसको
लागि रु.१५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ मात्र ) लाग्छ U.K पुगेपछि हस्पिटलमा काम लगाइदिन्छु, मासिक रु. ३,००,०००/- भन्दा धेरै तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २०,००,०००/-
(अक्षेरुपी बीस लाख रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट जि.प्र.का.काभ्रे
सँग समन्वय गरी निज मुक्तिराज बोम्जनलाई मिति
२०८०।०५।२९ गते अं. १०:०० बजेको समयमा जिल्ला काभ्रे धुलिखेल.न.पा. वडा नं. ३
धुलिखेलबजार बाट पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : मुक्तिराज
बोम्जन
उमेर : ४४ वर्ष
वतन : जिल्ला पर्सा निर्मलबस्तीवडा नं. वडा नं. ०२ स्थाई घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा वडा नं. ०९