“ कल सेन्टर संचालन गरी रकम असुली गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२९
- A
- A-
- A+
काठमाण्डौ
जिल्ला किर्तिपुर नगरपालिका पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर
संचालन गरी रहेको छ भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको विशेष प्रहरी
टोलीले मिति २०८०।०५।२७ गते जिल्ला सिन्धुपालचोक बाह्रविसे न.पा.वडा नं. ७ घर भई
हाल जिल्ला काठमाण्डौ किर्तिपुर नगरपालिका पाँगा बस्ने बर्ष २० को मिलन थापालाई
३७०० थान NCELL को
सिम कार्ड, २३ थान Laptop र बिभिन्न ब्यक्तिहरुको नागरिकता थान- २७ सहित
पक्राउ अनुसन्धान कार्य भई
रहेको ।
पक्राउ ब्यक्ति:
नाम थर:- मिलन थापा
स्थायी वतन:- जिल्ला सिन्धुपालचोक बाह्रबिसे न.पा.७
हाल:- जिल्ला
काठमाण्डौ किर्तिपुर न.पा. पाँगा
उमेर: २० बर्ष
बरामद समानहरु:-
NCELL
कम्पनिको सिम कार्ड थान- ३७००
बिभिन्न
कम्पनिको Laptop थान- २३
बिभिन्न
ब्यक्तिहरुको नागरिकता थान- २७
मतदाता परिचय पत्र थान- १
राहदानी थान- १
स्थायी लेखा नं. थान- २