“ सुन जस्तो धातु देखाई ठगी गर्ने गिरोह पक्राउ ”
२०८०-०५-३१
- A
- A-
- A+
घटना विवरण:
का.जि.का.म.न.पा.
वडा नं. १६ बालाजु एरियामा सुन जस्तो धातु देखाई ठगी भई रहेको छ भन्ने विशेष
सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको विशेष प्रहरी टोलीले मिति २०८०।०५।२९ गते बालाजु
एरियाबाट YUEPENG
GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु
सहित निम्न ४ जना ब्यक्तिहरुलाई पक्राउ गरी आवश्यक
कार्वाहीको लागि प्रहरी वृत बालाजु पठाईएको ।
पक्राउ ब्यक्तिहरु:
१. जिल्ला काभ्रेपलाञ्चोक तेमाल गा.पा.वडा नं.०१ घर भई हाल का.जि.कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बस्ने वर्ष ३१ को विशुराम थपलिया ।
२. जिल्ला दोलखा बिगु गा.पा.वडा नं.०५ घर भई हाल भक्तपुर नयाँ ठिमी बस्ने वर्ष ३० को भिमसेन बि.क. ।
२.
३.
काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ०३
लाजिम्पाट मिलन मार्ग बस्ने बर्ष ३२ को निरज महर्जन ।
४.
जिल्ला सप्तरी सितापुर गा.पा.०८ इटहरुवा घर भई
हाल का.जि.जोरपाटी बस्ने बर्ष ३४ को दिलिप कुमार चौधरी ।