“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-०६-०२
- A
- A-
- A+
जिल्ला
खोटाङ साकेला गा.पा वडा नं.१ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा नं. २९ मैतीदेवी
बस्ने वर्ष ४५ को राज कुमार गुरुङ समेतले टेक प्रसाद गौतमलाई वैदेशिक रोजगारीको
लागि जापान पठाईदिन्छु, त्यसको लागि रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ
मात्र ) लाग्छ, जापान पुगेपछि Cook
मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पिडितबाट पटकपटक गरी जम्मा रु. २,७०,०००/- (अक्षेरुपी दुई लाख सत्तरी हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई
ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन
हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज राज कुमार गुरुङ
समेतको खोजतलास गर्ने क्रममा मिति २०८०।०६।०२ गते १०:३० बजेको समयमा का.जि.का.म.न.पा.
वडा नं. २९ घट्टेकुलोबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : राज कुमार
गुरुङ
उमेर : ४५ वर्ष
वतन : जिल्ला खोटाङ साकेला गा.पा वडा नं. १ स्थाई
घर भई हाल का.जि.का.म.न.पा वडा नं. २९
घट्टेकुलो ।
नाम थर : उदय गुरुङ
उमेर : २८ वर्ष
वतन : जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. वडा नं. १९ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा नं. २९ घट्टेकुलो ।