“दिउँसोको समयमा सुनको सिक्री लुटपाट गर्ने व्यक्तिहरु पक्राउ”
२०८०-०६-०२
- A
- A-
- A+
उपरोक्त सम्बन्धमा मिति
२०८०/०५/२५ गते अन्दाजी १७:१० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १४ कुलेश्वर
आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी जिल्ला काभ्रे पाँचखाल न.पा.वडा
नं.१२ बालुवा घर भई हाल का.जि. कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको
अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला
काठमाण्डौ
का.म.न.पा. वडा नं. २८ बागबजार घर भई हाल सितापाईला बस्ने बर्ष ४४ को
सुरज गुरुङ समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएको हुँदा निजहरुलाई
यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०/०६/०१ गते काठमाण्डौ उपत्यकाका
बिभिन्न स्थानबाट पक्राउ गरी लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका
सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत कालिमाटी पठाईएको ।
पक्राउ
प्रतिवादीहरु :-
१.
नाम :- सुरज गुरुङ ( मो.सा.चालक )
उमेर :- ४४ बर्ष
ठेगाना :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २८ बागबजार
२. नाम :- अनवर हुसेन अंसारी (मो.सा. पछाडि बसि सिक्री तान्ने मानिस )
उमेर :- ४८ बर्ष
ठेगाना :- जिल्ला पर्सा
बिरगन्ज न.पा. वडा नं. १७
हालको ठेगाना :- का.जि.
का.म.न.पा. वडा नं. १७ क्षेत्रपाटी
३.
नाम :- शक्ति भौमिक (सुन बिक्री गर्न सहयोग गर्ने )
उमेर :- ४७ बर्ष
ठेगाना :- देश भारत
पश्चिम बंगाल मेधिनापुर जिल्ला उदयचोक
हालको ठेगाना :- का.जि.
का.म.न.पा. वडा नं. २३
४. नाम :- सचिन गाड्वे ( सुन खरिद गर्ने मानिस )
उमेर :- ३० बर्ष
ठेगाना :- देश भारत, महाराष्ट
राज्य सोलापुर जिल्ला गोरडवानी
हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा
नं. २२ प्यूखाचोक