“ चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८०-०६-०४
- A
- A-
- A+
जिल्ला
झापा गौरादह न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर
बस्ने बर्ष २५ को अमृत कार्की समेत २ जनाले दाताराम भट्टराई समेत ५० जनालाई वैदेशिक
रोजगारीको लागि चेक रिपब्लिक पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ८,००,०००/-
लाग्छ, चेक रिपब्लिक पुगेपछि फ्याक्ट्रीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-
भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पार्न Ora Careers नामको कन्सलटेन्सी खोली निज पीडितहरुबाट
पटकपटक गरी जम्मा रु. ४०,८४,०००/- रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोमा यस
कार्यालयमा निवेदन दिएको र वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा समेत पक्राउ गरी
उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा निज अभियुक्तहरु बुढानिलकण्ठ एरियामा
रहेको पिडितबाट खुलेपश्चात प्रहरी प्रभाग बुढानिलकण्ठको समन्वयमा निज अमृत कार्की
समेत २ जनालाई मिति २०८०।०६।०३ गते साझ अं. २१:०० बजेको समयमा का.जि.बुढानिलकण्ठ न.पा.
वडा नं. ८ भंगालबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : अमृत कार्की
उमेर : २५ वर्ष
वतन : जिल्ला झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं.१० नयाँ बानेश्चर ।
नाथमर : अशोक कार्की
उमेर : २६ बर्ष
वतन : जिल्ला झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १० नयाँ बानेश्वर ।