“मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०६-०५
- A
- A-
- A+
जिल्ला
डोटी शिखर न.पा वडा नं. ०२ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा नं. ३० सेतोपुल
बस्ने वर्ष ३२ को धन बहादुर बोगटीले कृष्ण
बहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, त्यसको लागि रु. ३,००,०००/-
( अक्षेरुपी तिन लाख रुपैयाँ मात्र ) लाग्छ मलेसिया पुगेपछी प्याकिङमा काम लगाइदिन्छु,
मासिक रु. ६०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,०००/- (अक्षेरुपी तिन लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले
वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार
भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज धन बहादुर बोगटी लाई खोजतलास
गर्ने क्रममा मिति २०८०।०६।०४ गते १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३० सेतोपुललबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : धन बहादुर बोगटी
उमेर : ३२ वर्ष
वतन
: जिल्ला डोटी शिखर न.पा वडा नं. वडा
नं. ०२ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा ३२ सेतोपुल ।