“माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०६-०७
- A
- A-
- A+
जिल्ला
बैतडी दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर
महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने वर्ष
३५ को रमेश बडुले कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा
पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ती रु. ७,५०,०००/- ( अक्षेरुपी सात लाख पचाँस
हजार रुपैयाँ मात्र ) लाग्छ माल्टा पुगेपछी Hotel
मा काम लगाइदिन्छु, मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. १३,१५,०००/- (अक्षेरुपी तेह्र लाख पन्ध्र हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई
ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन
हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रमेश बडुलाई खोजतलास
गर्ने क्रममा मिति २०८०।०६।०६ गते अं. ११:०० बजेको समयमा का.जि. किर्तिपुर न.पा. वडा
नं. ०२ किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : रमेश बडु
उमेर : ३५ वर्ष
वतन : जिल्ला बैतडी दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर
महानगरपालिका
वडा नं. १६ भैसिपाटी ।