“ नागरिकता र लिखत सम्बन्धी कसूरमा संलग्न पक्राउ "
२०८०-०६-०७
- A
- A-
- A+
घटना विवरण :
प्रहरी
प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जागा चौधरी भन्ने जग्गा प्रसाद
जैसवाल समेत भएको नागरिकता तथा लिखत सम्वन्धी कसुरको अनुसन्धानको सिलसिलामा भारत
देश बिहार राज्य पुर्वी चम्पारण वडा नं.१० खरतरी स्थायी वतन भएका जागा चौधरीले नेपालको रौतहट
जिल्लाबाट बि.स. २०६३ विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानहरुमा
व्यापार व्यवसाय समेत गरी बसेको भन्ने बिशेष सूचनाको आधारमा निज जागा चौधरी नामको
भारतिय आधारकार्ड र जग्गा प्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी
चालक अनुमती पत्र समेतका नेपाली कागजातहरु फेला परेको हुँदा निज जागा चौधरी भन्ने
जग्गा प्रसाद जैसवाललाई नागरिकता तथा लिखत सम्वन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि मिति
२०८०।०६।०५ गते जिल्ला प्रहरी कार्यालय, रौतहटमा पठाई अनुसन्धान भइरहेको ।
पक्राउ
व्यक्ति-
१.
नामः
जागा
चौधरी भन्ने जग्गा प्रसाद जैसवाल
उमेर : ५२ वर्ष
ठेगानाः
भारत
देश बिहार राज्य पुर्वी चम्पारण वडा नं.१० खरतरी स्थायी वतन
भई हाल नेपालको जिल्ला
रौतहट सरमुजवा गा.बि.स.वडा नं. ९ बाट नेपाली
नागरिकता लिएका
।