“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ ”
२०८०-०६-०८
- A
- A-
- A+
जिल्ला
चितवन भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३ बसुन्धरा बस्ने
वर्ष ४२ को राप्ती प्यालेसमेन्ट मेनपावरका संचालक रविन्द्र अधिकारीले प्रेम तामाङ
समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति
रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ मात्र ) लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित
फुड प्याकिङमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाख रुपैयाँ
मात्र ) तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २७,२५,०००/- (अक्षरुपी सत्ताइस लाख
पच्चीस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रविन्द्र
अधिकारीलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०६।०८ गते अं. १४:०० बजेको समयमा
का.जि.का.म.न.पा. वडानं. ३ बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : रविन्द्र अधिकारी
उमेर : ४२ वर्ष
वतन : जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३ बसुन्धरा