“सुन किन्ने बहानामा चोरी गर्ने मानिसहरु पक्राउ”
२०८०-०६-०९
- A
- A-
- A+
काठमाण्डौ उपत्यकाको विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले मिति २०८०/०६/०५ गते का.जि.का.म.न.पा.वडा नं. १६ पुरानो गुहेश्वरीबाट जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ९ घर भई हाल जिल्ला काठमाण्डौ ढुङगेधारा बस्ने धर्म महर्जनको छोरी बर्ष ३३ की रत्न महर्जन र जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ४ पुरानो गुहेश्वरी बस्ने कुमार पुतुवारको छोरा बर्ष २२ को सुमन पुतुवारलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको
साथै निजहरुको बारेमा अनुसन्धान गर्दै जाँदा चोरी गरेको सुनका गरगहनाहरु खरिद गर्ने मानिसहरुलाई समेत मिति २०८०/०६/०८ गते पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ
प्रतिवादीहरु :-
१.
नाम :- रत्न महर्जन ( चोरी गर्ने महिला )
उमेर
:- ३३ बर्ष
ठेगाना
:- का.जि.तारेकश्वर न.पा.वडा नं. ९ 
हालको
ठेगाना :- का.जि. ढुङ्गेधारा
२.
नाम :- सुमन पुतुवार
( स्कुटर चालक )
उमेर
:- २२
ठेगाना :- का.जि.तारकेश्वर न.पा .वडा नं.४ पुरानो गुहेश्वरी
३. नाम :- बिरेन्द्र बि.क ( सुन खरिद गर्ने व्यक्ति )
उमेर
:- ३६ बर्ष
ठेगाना
:- जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं. ७
हालको
ठेगाना :- का.जि.का.म.न.पा.वडा नं. १६
नयाँबजार
४.नाम
:- हनुमन्त फाँडे ( सुन खरिद गर्ने व्यक्ति )
उमेर
:- ३७ बर्ष
ठेगाना :- भारत महाराष्ट्र प्रदेश सोलापुर जिल्ला
हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं. १६ माछापोखरी ।