“ हुण्डी मार्फत कारोबार गर्ने व्यक्तिहरू पक्राउ "
२०८०-०६-१०
- A
- A-
- A+
काठमाण्डौको कालीमाटी कुलेश्वर
एरियामा ओम प्रकाश कुमार यादव समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको
आदेश वा निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्दै आएको
भन्ने गोप्य सूचनाको आधारमा मिति २०८०।०६।०९ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा
नं. १४ कुलेश्वर चुनी भैरवबाट ओम प्रकाश कुमार यादव र राकेश रायलाई विभिन्न दरको जम्मा
नेपाली नगद रू.२,१०,४९५।-, चेकबुक, मोबाईलहरू सहित पक्राउ गरी निजहरूलाई नेपाल राष्ट्र बैक ऐन २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौमा पठाइएको ।
पक्राउ
व्यक्तिहरू-
१.
नामः
ओम प्रकाश कुमार यादव
उमेर : २४ वर्ष
ठेगानाः
भारत मोतिहारी जिल्ला मधुवन थाना घर भई हाल
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४
कुलेश्वर चुनीभैरब बस्ने ।
२.
नामः
राकेश राय
उमेर : ४४ वर्ष
ठेगानाः भारत मोतिहारी जिल्ला कल्याणपुर थाना घर भई हाल
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कुलेश्वर चुनीभैरब बस्ने ।