“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०६-१२
- A
- A-
- A+
जिल्ला
अर्धखाँची भुमिकास्थान न.पा वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा
नं. ३२ काडाँघारी बस्ने बर्ष ३२ को अशोक
भट्टराईले अजय कुमार महत्तोलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, त्यसको लागि
रु. ३,०५,०००/- ( अक्षेरुपी तीन लाख पाँच हजार रुपैयाँ मात्र ) लाग्छ दुबई पुगेपछि
Bike Rider मा काम लगाइदिन्छु,
मासिक रु. ८०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,०००/- (अक्षेरुपी तीन लाख
रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले निज अशोक भट्टराईलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०६।१२
गते अं. ११:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँ बानेश्चरबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम
थर : अशोक भट्टराई
उमेर : २५ वर्ष
वतन : जिल्ला
अर्धखाँची भुमिकास्थान न.पा वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.
३२ काडाँघारी