“भन्सार ऐन अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ”
२०८०-०६-१२
- A
- A-
- A+
प्रहरी
प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी केशर तामाङ समेत भएको भन्सार ऐन
२०६४ अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका राज तामाङलाई पक्राउ गरी
उपस्थित गराई दिन अनुरोध भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय दोलखाको
पत्र प्राप्त भई यस कार्यालयबाट खटिएको विशेष टोलीले
निज प्रतिवादी राज तामाङलाई मिति २०८०।०६।११ गते अं. १७:०० बजेको समयमा जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. १६ वनस्थलीबाट मोबाईल थान-२ सहित पक्राउ गरी दाखिला
गरेको हुँदा निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि मिति २०८०।०६।१२ गते जिल्ला
प्रहरी कार्यालय दोलखा पठाईएको ।
पक्राउ व्यक्ति :
१. नामः राज तामाङ
उमेरः १९ वर्ष
ठेगानाः
जिल्ला दोलखा बिगु गाउँपालिका वडा नं. १