“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ ”
२०८०-०६-१४
- A
- A-
- A+
जिल्ला
मोरङ लेटाङ न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ४ स्थित
धुम्बाराही विष्णु गल्ली बस्ने वर्ष ५० को Genuine
Placememt Pvt.Ltd मेनपावरको संचालक डिल्लीराम खतिवडाले ढकराज
आचार्य समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति
रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) लाग्छ, जापान पुगेपछि प्रतिष्ठित
कन्ट्रक्सनको काममा काम लगाइदिन्छु, मासिक रु. १,८०,०००/-( अक्षेरुपी एक लाख असी
हजार रुपैयाँ मात्र ) तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ४६,००,०००/- (अक्षरुपी छयालीस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोमा
पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज मेनपावर संचालक डिल्लीराम खतिवडाललाई निरन्तर खोजतलास गर्ने क्रममा मिति
२०८०।०६।१२ गते १६:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२
कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : डिल्लीराम खतिवडा
उमेर : ५० वर्ष
वतन : जिल्ला मोरङ लेटाङ न.पा. वडा नं. २ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ४ स्थित धुम्बाराही विष्णु गल्ली ।