“माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०६-१७
- A
- A-
- A+
जिल्ला
तनहुँ व्यास न.पा वडा नं. १२ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ थानकोट बस्ने वर्ष २९
को रन्जन पाण्डेले बिष्णु विक्रम खड्का समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा
पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ती रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र
) लाग्छ माल्टा पुगेपछी Food
Delivery मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- भन्दा धेरै तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ६,००,०००/-
(अक्षेरुपी छ लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोमा पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज रन्जन पाण्डेलाई निरन्तर खोजतलास गर्ने क्रममा मिति २०८०।०६।१६
गते अं. १५:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : रन्जन पाण्डे
उमेर : २९ वर्ष
वतन
: जिल्ला तनहुँ व्यास न.पा वडा नं. १२ स्थाई घर भई
हाल जिल्ला काठमाण्डौ थानकोट