“अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०६-१८
- A
- A-
- A+
जिल्ला रोल्पा परिवर्तन गा.पा वडा नं. २ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्क बस्ने वर्ष ३१ को रवि घर्ती मगरले सोमराज चौधरीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ती रु. ७,५०,०००/- ( अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ ) लाग्छ अजरबैजान पुगेपछी टायल मेसनमा काम लगाइदिन्छु, मासिक रु. ९०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,१३,०००/- (अक्षेरुपी चार लाख तेह्र हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोमा पिडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रवि घर्ती मगरलाई निरन्तर खोजतलास गर्ने क्रममा मिति २०८०।०६।१७ गते अं. १३:०० बजेको समयमा जिल्ला काठमाण्डौ रत्नपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : रवि घर्ती मगर
उमेर : ३१ वर्ष
वतन : जिल्ला रोल्पा परिवर्तन गा.पा वडा नं. २ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्क ।