“ अबैध रुपमा भन्सार छली सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ "
२०८०-०७-१३
- A
- A-
- A+
कतारको
उडान मार्फत् नेपाल
आउने केही व्यक्तिहरूले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको
भन्ने गोप्य सूचनाको आधारमा मिति
२०८०।०७।१२ गते दिउसो जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. ९ सिनामंगल शम्भुमार्गबाट अमृतधन
राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई र यम भन्ने अनिष थापालाई जम्मा मुल्य रू.२६,५१,८९५.४७।- पर्ने सुनको ढिक्का थान-३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्रीहरू थान-३
(जम्मा तौल ५०.०१ ग्राम) र नगद रू.१,१०,०००।- सहित पक्राउ गरी निजहरूलाई भन्सार ऐन, २०६४
अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि आज
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौंमा पठाइएको ।
पक्राउ व्यक्तिहरू-
१. नाम
; अमृतधन राई
उमेर : २४ वर्ष
ठेगानाः जिल्ला भोजपुर सालपासिलिछो
गाउँपालिका वडा नं. ४
२. नामः नजिर मन्सुर
उमेर :
४४ वर्ष
ठेगानाः
जिल्ला सुनसरी ईनरूवा नगरपालिका वडा नं. ९
३. नामः कारी ईसार केवट
उमेर : ४९ वर्ष
ठेगानाः जिल्ला धनुषा हंसपुर नगरपालिका वडा नं. ८
४. नामः अर्जुन भट्टराई
उमेर : २८ वर्ष
ठेगानाः जिल्ला खोटाङ
रुपाकोट मजुवागढी नगरपालिका वडा नं. १५
५. नामः अनिष थापा
उमेर : ३० वर्ष
ठेगानाः जिल्ला गोरखा गण्डकी गाउँपालिका वडा नं.२ घर भई
हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ बालाजु