“नक्कली कागजात बनाई सेटिङ मिलाइ विदेश पठाउने व्यक्तिहरु पक्राउ ”
२०८०-०७-१४
- A
- A-
- A+
भिजिट भिषामा विदेश जान लागेका व्यक्तिहरु शंकास्पद रहेको भनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मिति २०८०।०६।२९ गते यस कार्यालमा पठाईएको उक्त कागजात मध्ये उच्च माध्यमिक विद्यालयका सर्टिफिकेट नक्कली देखिएकोमा उक्त कागजात बनाउने र पिडितवाट रु. ५,००,०००/- समेत लिई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउने कार्यमा संलग्नहरु जिल्ला उदयपुर बेलका न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ पेप्सीकोला बस्ने वर्ष ३० को आशिष श्रेष्ठ र जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा. वडा नं. १३ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ९ सिनामंगल बस्ने वर्ष २८ को जीवराज तामाङलाई मिति २०८०।०७।१३ गते १८:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट पक्राउ गरिएकोमा जीवराज तामाङ र आशिष श्रेष्ठ पक्राउ गरी जिवराज तामाङ र आशिष श्रेष्ठको शरिरको खानतलासी गर्दा जीवराज तामाङको Redmi मोवाईल – १ opp मोवाईल – १ र आशिष श्रेष्ठको Poco मोवाइल – १ नेपाली नगद रु. ९५,०००/- Air Arabia Reservation Confirmed LLC कागज पाना – २ र जेम्स दामदाली नामको राहदानीको फोटोकपी – १ बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु , काठमाण्डौं पठाईएको ।
नामथर : आशिष श्रेष्ठ
उमेर : ३० वर्ष
वतन : जिल्ला उदयपुर बेलका न.पा. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ पेप्सीकोला
नामथर : जीवराज तामाङ
उमेर : २८
वर्ष
वतन : जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा. वडा नं.
१३ घर भई हाल का.जि.का.म.न.पा वडा नं. ९
सिनामंगल