“१ थान पेस्तोल, ३ थान गोली र २०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ”
२०८०-०७-१५
- A
- A-
- A+
मिति २०८०।०७।१५ गते का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ गोठाटारमा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष अनुसन्धान टोली उक्त स्थानमा खटिई गई निगरानी राख्ने क्रममा लागु औषध कारोवारीले प्रहरीलाई नै लक्षित गरी पेस्तोल निकाली फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा भारत वेष्ट बंगाल नक्सलबारी स्थायी वतन भएका वर्ष ४८ को मोहमद करिमको दाहिने गोडामा गोली लागेकोमा निजलाई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल, पेप्सिकोलामा लगिएको । घटनामा संलग्न रहेका जिल्ला झापा, कचनकवल गा.पा.वडा नं.०७ स्थायी वतन भएका वर्ष ३७ को हर्क बहादुर लिम्बु समेतलाई नियन्त्रणमा लिईएको । निजहरूको साथबाट १ थान पेस्तोल, ऐ.को गोली राउण्ड थान-३, ब्राउन सुगर जस्तो देखिने पदार्थ अं. २०० ग्राम, डिजीटल तराजु थान-१ र नगद रू.५० हजार समेत बरामद गरिएको ।
नोटः पक्राउ परेका हर्क बहादुर लिम्बु मिति २०७४।१२।२९ गते मानव बेचबिखन मुद्दामा कारवाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेको ।
पक्राउ व्यक्तिहरू :
१. नाम :
मोहमद करिम
उमेर : ४८ बर्ष
ठेगाना : भारत
वेष्ट बंगाल, नक्सलबारी
हाल : का.जि.कागेश्वरी मनोहरा, मुलपानी
२. नाम: हर्क
बहादुर लिम्बु
उमेर: ३७ बर्ष
ठेगाना: कचनकवल
गा.पा.-०७, झापा
हाल: का.जि.कागेश्वरीमनोहरा, मुलपानी