“नक्कली श्रम स्वीकृती लगायतका कागजातहरु बनाउने व्यक्तिहरु पक्राउ”
२०८०-०७-१६
- A
- A-
- A+
भिजिट भिषामा विदेश जान लागेका व्यक्तिहरु शंकास्पद रहेको भनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मिति २०८०।०७।१२ गते यस कार्यालमा पठाईएको उक्त कागजातहरु मध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृती नक्कली देखिएकोमा उक्त कागजात बनाउने जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ बनस्थली बस्ने वर्ष २३ को अजित फेवाली र जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १ रानीवन बस्ने बर्ष २१ को विपिन ढकाललाई मिति २०८०।०७।१४ गते १४:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १३ सोल्टीमोड स्थित भाडामा लिई वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएकोमा तत्काल उक्त वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सको कोठामा खानतलासी गर्दा विपिन ढकालको Redmi कम्पनीको मोवाईल थान – १ ,अजित फेवालीको Tecno कम्पनीको मोवाईल थान – १, Frontech Biade लेखिएको CPU थान – १ बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी , काठमाण्डौं पठाईएको ।
निम्न:
नामथर : अजित फेवाली
उमेर : २३ वर्ष
वतन : जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं. ४ हाल जिल्ला काठमाण्डौ बनस्थली
नानथर : विपिन ढकाल
उमेर : २१
वर्ष
वतन : जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं. ४ हाल जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १ रानीवन