“अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ ”
२०८०-०७-१९
- A
- A-
- A+
सामाजिक संजाल Facebook ID: Rebecca EKpoto, Instagram
ID: Brain_brainso413 र Facebook ID: Jufeng बाट पिडितहरुलाई Friend Request पठाई
साथी बनाई माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, iPhone, घडी, गरगहना, ल्यापटप
लगायतका सामानहरु सहितको गिफ्ट पठाएको छु भनि बिभिन्न नम्बरहरुको WhatsApp ID बाट सम्पर्क गरी पार्सल पठाएको फोटो, भिडियो पठाई बिश्चास दिलाएको केहि समय पश्चात सोहि
पार्सल टर्कि
बिमानस्थल, काठमाण्डौंको अन्तराष्ट्रिय बिमानस्थल लगायतका बिभिन्न देशका भन्सार कार्यालयहरुमा सामान आईपुगेको छ, तपाईले उक्त पार्सल पाउनको लागी कष्टम चार्ज, डेलिभरी चार्ज,
ईन्सुरेन्स चार्ज, जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पिडितहरुलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक
खातामा जम्मा रु. 19,25,000।- रकम पठाउन लगाई लिई ठगी गरेकोले उक्त ठगी गर्ने कार्यमा संलग्न जिल्ला मकवानपुर हेटौडा
उ.म.न.पा वडा नं. १५ घर भई हाल का.जि का.म.न.पा वडा नं. १३ बस्ने बर्ष २३ को शिरिष
श्रेष्ठ लाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं
कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको ।
पक्राउ परेका ब्यक्तिहरुको विवरणः
नामथर : शिरिष श्रेष्ठ
उमेर
:
२३ बर्ष
ठेगाना : जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा वडा नं. १५
हाल : जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १३