“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०७-२१
- A
- A-
- A+
जिल्ला
भक्क्तपुर भक्तपुर न.पा वडा नं. १० घर भई हाल का.जि नागार्जुन न.पा वडा नं. ०६
रामकोट बस्ने बर्ष ३९ की सुनिता
कर्माचार्य समेतले मदन राज मोक्तान समेत १७ जनालाई वैदेशिक रोजगारीको लागि
पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख
रुपैयाँ मात्र ) लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक
रु. १,५०,०००/-( अक्षेरुपी एक लाख पचास
हजार रुपैयाँ मात्र ) तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ३८,००,०००/- (अक्षरुपी अठतिस लाख रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा
पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज सुनिता कर्माचार्यको खोजतलास गर्ने क्रममा मिति २०८०।०७।२१ गते अं.
१३:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.पन.पा वडा नं. २४ ईन्द्रचोक बाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : सुनिता कर्माचार्य
उमेर : ३९ वर्ष
वतन
:
जिल्ला भक्क्तपुर भक्तपुर न.पा वडा नं. १० घर भई हाल का.जि नागार्जुन न.पा
वडा नं. ०६ रामकोट