“Online Gambling / Online Casino Game खेलाउने व्यक्तिहरु पक्राउ ”
२०८०-०८-०५
- A
- A-
- A+
बिजय
थापा समेतका व्यक्तिहरूले Online Gambling
/ Online Casino Game हरुमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई
हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई
खेल खेलाउने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा
प्राप्त हुन आएको हुँदा बिजय थापा लगायतका
व्यक्तिहरु सट्टावाजी गर्ने कार्यमा संलग्न रहेको पाईएकोले मिति २०८०।०८।०४ गते दिउँसो अन्दाजी १६:०० बजेको
समयमा जिल्ला ललितपुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धानको
लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको ।
पक्राउ
ब्यक्तिहरु:
१.
जिल्ला धनकुटा, धनकुटा न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.
१४ नख्खिपोट बस्ने बर्ष ३० को अंकित श्रेष्ठ ।
२.
जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नं. २ घर भई हाल
जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १३ कुसुन्ती बस्ने बर्ष २२ को आमोश राई ।
३.
जिल्ला उदयपुर चौदण्डीगढी न.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर
गोदावरी न.पा. वडा नं. १२ थेचो बस्ने बर्ष २० की निका राई ।
४.
जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. ७ घर भई हाल
जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २५ भैसेपाटी बस्ने बर्ष २९ को विजय थापा ।
५.
जिल्ला बाग्लुङ बरेङ गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर
ल.पु.म.न.पा. वडा नं. १९ खुमलटार बस्ने बर्ष २७ को पर्वत पुन ।
६.
जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नं. २ घर भई हाल
जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १३ कुसुन्ती बस्ने बर्ष २७ को डेकर राई ।