“लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ”
२०८०-०८-०५
- A
- A-
- A+
मिति
२०८०।०८।०४ गते अं. १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर
दोभानमा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष अनुसन्धान टोली उक्त स्थानमा खटिई गई
निगरानी राख्ने क्रममा लागु औषध कारोवार गर्दै गरेको अवस्थामा
तपसिलमा उल्लेखित ठेगाना भएका भुवन तामाङलाई लागुऔषध खैरो हेरोइन जस्तो देखिने
वस्तु सहित मिति २०८०।०८।०४
गते कोटेश्वर दोभान बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत
बानेश्वर पठाईएको ।
पक्राउ व्यक्ति
१. नाम :
भुवन तामाङ
उमेर : २९
बर्ष
ठेगाना : दोलखा
बैतेश्वर गाउँपालिका वडा नं. २ मिर्गे
हाल : का.जि.मा.म.न.पा मिनभवन ३१