“ साउदी अरब पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०८-११
- A
- A-
- A+
जिल्ला
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने बर्ष ५८ को ईब्राहिम मियाले जमाल अहमद
फकिरलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई
प्रलोभनमा पारी निज पिडित बाट रकम लिई सम्पर्क बिहिन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज ईब्राहिम मियाको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।१० गते अं. १७ :०० बजेको
समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : ईब्राहिम
मिया
उमेर : ५८ वर्ष
वतन
: जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)
प्रतापपुर गा.पा. वडा नं. ७ घर भई
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगल