“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०८-११
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे
न.पा वडा नं. ९ घर भई हाल का.जि गोर्णेश्वर न.पा वडा नं. ५ बस्ने वर्ष ४४ को राज
कुमार तामाङले लंक बहादुर शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु
त्यसको लागि रु. १०,००,०००/- ( अक्षेरुपी दश लाख रुपैयाँ ) लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित
कम्पनिमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- ( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट पटकपटक गरी जम्मा रु १,००,००० /-
(अक्षेरुपी एक लाख रुपैयाँ )
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज राज कुमार तामाङको खोजतलास गर्ने क्रममा मिति
२०८०।०८।११ गते अं. ०८:३० बजेको समयमा जिल्ला काठमाण्डौं गोकर्णेश्वरबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : राज कुमार तामाङ
उमेर : ४४ वर्ष
वतन
: जिल्ला
सिन्धुपाल्चोक बाह्रबिसे न.पा वडा नं. ९ घर भई हाल का.जि गोर्णेश्वर न.पा वडा नं.
५