" अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ती पक्राउ "
२०८०-०८-१२
- A
- A-
- A+
जिल्ला काठ्माण्डौं का.म.न.पा वडा नं. १४ बस्ने विशाल श्रेष्ठ
समेत दुई जनाले चन्द्र बहादुर रावल लाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु
भनी त्यसको लागि प्रति व्यक्ति रु ४०,००,०००
।- ( अक्षेरुपी चालीस लाख रुपैँया ) लाग्छ , अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा
काम लगाई दिन्छु , मासिक रु ३,००,००० ।-
(अक्षेरुपी तीन लाख रुपैँया ) तलब हुन्छ भनी बिश्वास दिलाई प्रलोभनमा पारी निज
पिडितबाट पटकपटक गरी जम्मा रु १५,००,०००।– (अक्षेरुपी पन्ध्र लाख रुपैँया ) रकम लिई सम्पर्क विहिन भई ठगि गरेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज विशाल श्रेष्ठ समेतलाई जिल्ला
काठ्माण्डौं का.म.न.पा वडा ३२ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठ्माण्डौं पठाईएको ।
निम्नः-
पक्राउ प्रतिवादीः-
नाम ; विशाल श्रेष्ठ
उमेर:- ३६
वर्ष
वतन:- जिल्ला काठ्माण्डौ का.म.न.पा वडा नं. १४
नाम :- शान्ति
श्रेष्ठ
उमेर :- ६४ वर्ष
वतन :- जिल्ला काठ्माण्डौ का.म.न.पा वडा नं. १४