“ सर्बिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०८-१५
- A
- A-
- A+
जिल्ला बारा जीतपुरसिमरा उ.प.म.न.पा वडा नं. ०१ बस्ने बर्ष २५ को दिपेश बास्कोटाले बल बहादुर थापा मगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ८,००,०००/- ( अक्षेरुपी आठ लाख रुपैयाँ मात्र ) लाग्छ, सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाख रुपैयाँ मात्र ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. १७,१७,३००/- (अक्षरुपी सत्र लाख सत्र हजार तीन सय रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट ईलाका प्रहरी कार्यालय सिमरा बारा संग समन्वय गरी खटिएको प्रहरी टोलीले निज दिपेश बास्कोटाको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।१४ गते अं. १३:३० बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उ.प.म.न.पा वडा नं. ०१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : दिपेश बास्कोटा
उमेर : २५ वर्ष
वतन
: जिल्ला बारा जीतपुरसिमरा उ.प.म.न.पा वडा नं. ०१