“रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०८०-०८-२०
- A
- A-
- A+
मिति २०८०/०७/०५ गते बिहानको २:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.९
गौशला स्थित बाल कृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा
रू.१३,५०,०००/- अक्षरुपी (तेह्र लाख पचाँस हजार) बराबरको धनमाल चोरी गरि लगेको
घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न भारत देश बिहार राज्य समस्तिपुर
जिल्ला मुरातपुर ग्राम रुसरा थाना स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.८
तिलगंगा बस्ने बैजनाथ पोदारको छोरा वर्ष २१ को कृष्ण पोदारको संलग्नता रहेको भनि
खुल्न आएकोले निजलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जादा भारत देश मोतीहारी जिल्ला
राजापुर घर भई हाल का.जि.ऐ.ऐ.तिलगंगा बस्ने बिनोद गिरीको छोरा वर्ष १९ को फ्रुटी
भन्ने किसन गिरी र जिल्ला काठमाण्डौ नागार्जुन न.पा.वडा नं.६ सितापाईला घर भएका ईन्द्र
बहादुर बिश्वकर्माको छोरा वर्ष ३० को बिक्रम गर्तौला समेतका व्यक्तिहरुलाई मिति
२०८०/०८/१९ गते अन्दाजी १७:०० बजे का.जि.सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत गौशला पठाईएको ।
पक्राउ प्रतिवादीहरु :-
१. नाम :- कृष्ण पोदार
उमेर :- २१ वर्ष
ठेगाना :- भारत देश बिहार राज्य समस्तिपुर जिल्ला मुरातपुर ग्राम रुसरा थाना
हाल :- का.जि.का.म.न.पा.वडा नं.८ तिलगंगा
२. नाम :- फ्रुटी भन्ने किसन गिरी
उमेर :- १९ वर्ष
ठेगाना :- भारत देश मोतीहारी जिल्ला
राजापुर
हाल :- हाल का.जि.का.म.न.पा.वडा
नं.८ तिलगंगा
३. नाम :- बिक्रम गर्तौला
उमेर :- ३० वर्ष
ठेगाना :- जिल्ला काठमाण्डौ
नागार्जुन न.पा.वडा नं. ६ सितापाईला