"बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८०-०८-२५
- A
- A-
- A+
बैंकिङ
कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरको मिति २०७७।१२।३१ गतेको फैसलाले
रु.९,००,०००।–(अक्षरुपी नौ लाख मात्र) जरिवाना र रु.३६,०००।–(अक्षरुपी
छत्तीस हजार मात्र) क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भएको र सोही फैसला
सम्मानित सर्बोच्च अदालतबाट समेत मिति २०७९/०८/०९ गते सदर भई फरार रहेका ललितपुर
जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने बर्ष ५१ को दिपेन्द्र
कोईरालालाई यस कार्यालयबाट खटीएको टोलीले मिति २०८०/०८/२५ गते बिहान अं.०८:०० बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ थसिकेल
चोकबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी आजै सम्मानित ललितपुर जिल्ला अदालत
लगनखेल, ललितपुर पठाईएको ।
पक्राउ परेका व्यक्ति:-
नामः-
दिपेन्द्र कोईराला
उमेरः-
५१ वर्ष
ठेगानाः-
ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल