“१ थान कटुवा पेस्तोल, २ थान गोली र लागु औषध 'Amphetamine (ATS)' जस्तो देखिने पदार्थ ४८५ ग्राम सहित १ जना पक्राउ”
२०८०-०८-२६
- A
- A-
- A+
मिति
२०८०।०८।२६ गते ललितपुर जिल्ला, ल.पु.म.न.पा.वडा नं.०३ झम्सिखेलमा
लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस काठमाण्डौ उपत्यका
अपराध अनुसन्धान कार्यालयबाट विशेष अनुसन्धान टोली उक्त स्थानमा खटिई गई नियन्त्रणमा
लिने क्रममा लागु औषध कारोवारीले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित गरी फायर
गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा जिल्ला
उदयपुर, लेखानि
गा.पा.०९ स्थायी वतन भएका वर्ष ४० को अबिनाष राईको दाहिने गोडामा गोली लागेकोमा
निजलाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर
काठमाडौंमा लगिएको । निजको साथबाट १ थान कटुवा पेस्तोल,
ऐ.को गोली राउण्ड -२, लागू औषध 'Amphetamine (ATS)' जस्तो
देखिने पदार्थ ४८५ ग्राम,
Vivo मोवाईल थान- १, नगद ने. रू. ६० हजार र भा. रु. ११ हजार समेत
बरामद गरिएको ।
पक्राउ व्यक्ति :
१. नाम :
अविनाष राई
उमेर : ४० बर्ष
ठेगाना : जिल्ला उदयपुर,
लेखानि गा.पा. वडा
नं. ०९