“अवैध हतियार र लागु औषध खैरो हेरोइन सहित २ जना व्यक्तिहरू पक्राउ”
२०८०-०८-२९
- A
- A-
- A+
मिति २०८०।०८।२८ गते अं.१३:०० वजेको समयमा जिल्ला भक्तपुर, सुर्यविनायक न.पा.वडा नं. १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागु औषधको ओसार-पसार तथा कारोवार हुदै छ भन्ने गोप्य सूचना प्राप्त भए पश्चात यस कार्यालयबाट विशेष टोली खटी गई पछि नामथर, वतन खुल्न आएका चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई शंकालागि सोधपुछ गर्ने क्रममा निजहरुको साथबाट KF 7.65 लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान-१, ऐ. पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान-१ र लागु औषध खैरौ हेरोईन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ गरी मिति २०८०।०८।२९ गते निजहरुलाई लागु औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाईएको
पक्राउ व्यक्तिहरु:
(१)
नाम:
चिरन्जीवी सिन्चुरी
उमेर: ४१ बर्ष
ठेगाना:
जिल्ला इलाम, इलाम न.पा. ०९
(२)
नाम: लेख
बहादुर कार्की
उमेर:
३१ बर्ष
ठेगाना: जिल्ला नवलपुर, कावासोती न.पा. ०२
बरामद दशीहरुः
१.
लागु औषध खैरौ हेरोईन जस्तो
देखिने लेसिलो पदार्थ ५ ग्राम
२.
पेस्तोल थान - १
३.
ऐ. को गोली
राउण्ड - ५
४.
ऐ. को म्यागजिन थान - २
५.
मोवाईल
थान - २