“दुर्लभ बन्यजन्तु सालकको खपडा सहित कारोबारीहरु पक्राउ”
२०८०-०९-०१
- A
- A-
- A+
मिति २०८०।०८।२९ गते का.जि.का.म.न.पा. बडा नं.-३२ पेप्सीकोला, स्थितमा दुर्लभ बन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रा सहितको सालकको खपडा/छाला जस्तो देखिने बस्तु सहित निम्न अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय, हात्तिसार पठाईएको ।
पक्राउ ब्यक्ति
नाम :- अमृत लामा
उमेर :- २०
वतन : - जिल्ला दोलखा गौरीशंकर गा.पा. बडा नं. -१
नाम :- बिशाल
बस्नेत
उमेर :- २५
वतन : - जिल्ला दोलखा जिरी न.पा.वडा नं.-३
नाम :- सुकविर
तामाङ
उमेर :- २७
वतन : - जिल्ला दोलखा जिरी न.पा. बडा नं. -४