“ साउदी अरब पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ ”
२०८०-०९-०३
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला नवलपरासी
(पश्चिम) बर्दघाट न.पा. वडा नं. ९ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१
पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ मेनपावरका संचालक बर्ष ४२ को लक्ष्मण
विश्वा समेत २ जनाले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाईदिन्छु त्यसको लागि रु. १,२५,०००/- ( अक्षेरुपी एक लाख पच्चीस हजार रुपैयाँ
) लाग्छ, साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ४०,०००/-(
अक्षेरुपी चालिस हजार रुपैयाँ ) तलव हुन्छ
भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १,२५,०००/- (अक्षेरुपी एक लाख
पच्चीस हजार रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले निज लक्ष्मण विश्वा समेत २ जनाको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।२२
गते अं. १६:०० बजेको समयमा का.जि.का.म.न.पा वडा नं. ३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१. नाम थर : लक्ष्मण विश्वा
उमेर : ४२ वर्ष
वतन : जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट न.पा. वडा नं. ९ घर भई
हाल : जिल्ला काठमाण्डौका.म.न.पा. वडा नं. ३१
२. नाम थर : सोफि मल्ल
उमेर : ४० वर्ष
वतन :
जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा वडा नं.
१०