“ दुबई पठाई दिन्छु भनी रकम ठगि गर्ने ब्यक्तिहरु पक्राउ ”
२०८०-०९-०४
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला चितवन रत्ननगर न.पा. वडा
नं. १६ घर भई हाल जिल्ला काठमाण्डौ तार्केश्चर न.पा. वडा नं. ०५ बस्ने बर्ष ४० को
नविन खड्का समेत २ जनाले जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु
त्यसको लागि प्रतिव्यक्ति रु. ३,००,०००/- ( अक्षेरुपी तीन लाख रुपैयाँ मात्र )
लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ६०,०००/-(
अक्षेरुपी साठी हजार रुपैयाँ मात्र ) तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,०००/- (अक्षरुपी तीन लाख रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज नविन खड्का र चमेली चुहानको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई मिति २०८०।०९।०३
गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १६ बालाजुबाट र नविन खड्कालाई जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१.
नाम
थर : नविन खड्का
उमेर : ४० वर्ष
वतन
: जिल्ला चितवन रत्ननगर न.पा. वडा नं.
१६ घर भई
हाल :
जिल्ला काठमाण्डौ तार्केश्चर न.पा. वडा नं. ०५
२. नाम थर : चमेली चुहान
उमेर : ३३ वर्ष
वतन : जिल्ला मकवानपुर हेटौडा उप.म.न.पा. वडा
नं. १६ घर भई
हाल : जिल्ल काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ०५