" सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८०-०९-०५
- A
- A-
- A+
Electronic
Driving License (EDL) सवारी तथा यातायात ब्यबस्था ऐन तथा नियमावली बमोजिमको
प्रकृया नपुर्याई गैरकानूनी तवरले पिडितलाई A र B बर्गको सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी बिश्वास दिलाई नक्कली
सवारी चालक अनुमती पत्रको नक्कली प्रतिलिपी दिई पिडितसंग पटक-पटक रकम मागी लिई
सम्पर्क बिहिन भई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले ठगी गर्ने
कार्यमा संलग्न जिल्ला पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना बस्ने बर्ष ५०
को राज कुमार थापालाई फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान
एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको ।
पक्राउ परेका व्यक्ति:-
१.
नामः- राज कुमार थापा
उमेरः- ५० वर्ष
ठेगानाः- जिल्ला पर्बत फलेवास न.पा वडा नं. २ थापाठाना ।