“ नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाउने ट्राभल्स संचालक पक्राउ ”
२०८०-०९-०६
- A
- A-
- A+
घटना
विवरण :
भिजिट भिषामा विदेश जान लागे का युवा युवतीहरुको शंकास्पद कागजात सहिद राहदानी मिति २०८०।०६।१७
गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट
प्राप्त हुन आएकोमा सो मध्ये २४६ कागजात नक्कली +2
को सर्टिफिकेट , श्रम स्वीकृती , नाता प्रमाणित , प्रहरी रिपोर्ट र
बैंक स्टेटमेण्ट नक्कली देखिएकोमा उक्त कागजातहरु बनाउने ब्यक्तिहरुको पहिचान
गर्ने र उक्त नक्कली कागजातका आधारमा के-कसरी
विदेश पठाईने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट , कन्सलटेन्सी , ट्राभल्स
एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिब्यक्ति
रु. १०,०००।– देखि १५,०००।– सम्म र अध्यागमनलाई प्रतिव्यक्ति रु. ४०,०००।–
देखि रु. ५५,०००।– सम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएकोमा सेटिङमा संलग्न
ट्राभल्स संचालक बिनोद कार्कीलाई मिति २०८०।०९।०५ गते अं. १:०० बजेको समयमा
का.जि.का.म.न.पा. वडा नं. १४ बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।
निम्न:
१. नाम थर : बिनोद कार्की
उमेर : ४५ वर्ष
वतन : जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ०७ घर भई
हाल जिल्ला ललितपुर
महालक्ष्मी न.पा. वडा नं. ४ ईमाडोल सिटि टुर्स
एण्ड ट्राभल्सका संचालक