“ कुवेत पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०९-११
- A
- A-
- A+
जिल्ला
धनुषा, धनुषाधाम न.पा. वडा नं. ०५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा
नं. ०५ टिकाथली बस्ने रमेश राउत भेडीहारको
छोरा वर्ष २० को दिपेन्द्र कुमार राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि
कुवेत पठाईदिन्छु त्यसको लागि रु. ४,००,०००/- ( अक्षेरुपी चार लाख रुपैँया )
लाग्छ, कुवेत पुगेपछि Hotel
मा काम लगाइदिन्छु, मासिक रु. ६५,०००/- ( अक्षेरुपी पैँसठ्ठी हजार
रुपैँया ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी
जम्मा रु. ३,००,०००/- (अक्षेरुपी तीन लाख रुपैँया ) रकम लिई
सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले दिपेन्द्र
कुमार राउतको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।०९ गते अं. १८:०० बजेको समयमा
जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : दिपेन्द्र कुमार राउत
उमेर : २० वर्ष
वतन : जिल्ला धनुषा धनुषाधाम न.पा. वडा नं. ०५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली ।