“ अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०९-११
- A
- A-
- A+
जिल्ला
काठमाण्डौँ बुढानीलकण्ठ न.पा. वडा नं. ०३ बस्ने
मिन बहादुर ठकुरीको छोरा वर्ष ५९ को भैरव बहादुर ठकुरीले कृतेश खरेल समेत २ जनालाई
वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिब्यक्ति रु. १३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैँया )
लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु भनी, मासिक रु. ३,००,०००/-
( अक्षेरुपी तीन लाख रुपैँया ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २६,००,०००/-
(अक्षेरुपी छब्बीस लाख रुपैँया ) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भैरव बहादुर ठकुरीको खोजतलास गर्ने क्रममा
मिति २०८०।०९।०९ गते अं. २१:०० बजेको समयमा जिल्ला काठमाण्डौँ बुढानीलकण्ठ न.पा.
वडा नं. ०४ पासीकोटबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : भैरव बहादुर ठकुरी
उमेर : ५९ वर्ष
वतन : जिल्ला काठमाण्डौँ बुढानीलकण्ठ न.पा. वडा नं. ०३ ।