“ २ बर्षिय बालीका अपहरण मुक्त, अपहरणकारी पक्राउ ”
२०८०-०९-१२
- A
- A-
- A+
जिल्ला सिन्धुपालचोक घर भई
हाल जिल्ला भक्तपुर गोठाटार बस्ने बर्ष २ कि परिवर्तित नाम २६ परिसर ४१ (०८०/०८१)
लाई मिति २०८०।०९।१० गते का.जि.गौशालाबाट
अपहरण भएको भन्ने ब्यहोराको निवेदन यस कार्यालयमा प्राप्त हुन आएकोले उक्त
निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा निज बालिकालाई अपहरण भएको ३६ घण्टा भित्र
जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ३ बालकोट पानीटंकीबाट मिति २०८०।०९।१२
गते यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला प्रहरी परिसर टेकु
काठमाण्डौ र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा सकुशल उद्दार गरी पिडितलाई
जिम्मा लगाएको र उक्त कार्यमा संलग्न जिल्ला रामेछाप घर भई हाल जिल्ला भक्तपुर
सुर्यविनायक न.पा. वडा नं. ३ बालकोट पानीटंकी बस्ने बर्ष ३७ को राज नेपाललाई
पक्राउ गरी थप अनुसन्धान एंवम कार्वाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ
पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम थर:- राज नेपाल
स्थायी वतन:- जिल्ला रामेछाप
हाल:- जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ बालकोट
उमेर: ३७ बर्ष