“ माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-०९-१३
- A
- A-
- A+
जिल्ला जुम्ला
हिमा गा.पा वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा वडा नं. १५ स्वयम्भु बस्ने राम
बहादुर शाहीको छोरा बर्ष ३२ को धर्मेन्द्र शाहीले टेकराज पाण्डेलाई वैदेशिक
रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि
रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ
) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. २,००,०००/-(
अक्षेरुपी दुई लाख रुपैयाँ ) तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १२,००,०००/- (अक्षेरुपी बाह्र लाख
रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज धर्मेन्द्र शाहीको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।१२ गते अं. १३:३०
बजेको समयमा का.जि.का.म.न.पा वडा नं. ३१ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१ नाम
थर : धर्मेन्द्र शाही
उमेर : ३२ वर्ष
वतन : जिल्ला जुम्ला हिमा गा.पा वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा वडा नं. १५ स्वयम्भु ।