“ अष्ट्रिया पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-०९-१६
- A
- A-
- A+
जिल्ला
कंचनपुर भिमदत्त न.पा. वडा नं. १ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. १० भण्डारी
टोल बस्ने बीर बहादुर सिंहको छोरा बर्ष ३९ को राम बहादुर सिंहले हरिश प्रसाद जोशीलाई
वैदेशिक रोजगारीको लागि अष्ट्रिया पठाईदिन्छु त्यसको लागि रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ
) लाग्छ, अष्ट्रिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,५०,०००/-(
अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ ) तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,०००/- (अक्षेरुपी तीन लाख
रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज राम बहादुर सिंहको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।१६ गते अं. १३:००
बजेको समयमा का.जि. टोखा न.पा वडा नं. १० भण्डारी टोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
१.
नाम
थर : राम बहादुर सिंह
उमेर : ३९ वर्ष
वतन : जिल्ला कंचनपुर भिमदत्त न.पा. वडा नं. १ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. १० भण्डारी टोल