“ यूरोप पठाईदिन्छु भनी रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ ”
२०८०-०९-१६
- A
- A-
- A+
जिल्ला
काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १ बस्ने हरी बहादुर पौडेल खत्रीको छोरा मार्स
मेनपावरको संचालक बर्ष ४१ को जयराम पौडेलले पदम कुमारी श्रेष्ठ समेत २ जनालाई वैदेशिक
रोजगारीको लागि युरोप पठाईदिन्छु त्यसको लागि रु.२०,००,०००/-( अक्षेरुपी बीस लाख रुपैयाँ )
लाग्छ, यूरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु.३,००,०००/-(अक्षेरुपी
तीन लाख रुपैयाँ ) भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितहरुबाट पटकपटक गरी जम्मा रु.१९,६०,०००/- (अक्षेरुपी उन्नाईस लाख साठ्ठी हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई
ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज जयराम पौडेलको खोजतलास गर्ने
क्रममा मिति २०८०।०९।१२ गते अं. १८:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : जयराम पौडेल
उमेर : ४१ वर्ष
वतन : जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा वडा नं. १ ।