“ चोरीमा संलग्न व्यक्तिहरु पक्राउ ”
२०८०-०९-१६
- A
- A-
- A+
जिल्ला काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला
ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी
बस्ने बर्ष २७ की सुमित्रा तामाङको डेराकोठाबाट मिति २०८०/०८/१८ गते नगद, गरगहना
तथा महत्वपूर्ण कागजपत्र समेत चोरी भएको घट्नामा CCTV फुटेज तथा प्राविधिक
बिश्लेषण समेतको अनुसन्धानको क्रममा खुल्न आएका चोरी गर्ने ब्यक्ति जिल्ला भक्तपुर
ठिमि नगरपालिका वडा नं. ९ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बस्ने बर्ष
अन्दाजी ४२ को भुवन श्रेष्ठलाई यस कार्यालयबाट खटीएको टोलीले मिति २०८०/०९/१३ गते काठमाण्डौ
जिल्ला का.म.न.पा. वडा न. १३ बाफलबाट चोरी भएका बिभिन्न सामानहरु सहित पक्राउ
गरीएको र चोरीको बिगो लिनेखाने तथा मास्ने कार्यमा संलग्न जिल्ला चितवन
अयोध्यापुरी न.पा. १२ घरभई जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बाफल स्थित सुनचाँदीको
पसल गरी बस्ने बर्ष अन्दाजी ५६ को राजकुमार बिश्वकर्मालाई पक्राउ गरी बरामद
सामानहरु सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको ।
पक्राउ परेका व्यक्ति :
१.
नामः भुवन श्रेष्ठ
उमेरः
४२ वर्ष
स्थायी ठेगानाः
जिल्ला भक्तपुर ठिमि नगरपालिका वडा नं. ९
अस्थायी
ठेगानाः जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बाफल
पक्राउ
मितिः- २०८०/०९/१३ गते ।
पक्राउ
स्थानः- जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बाफल ।
२.
नामः राजकुमार बिश्वकर्मा
उमेरः
५६ वर्ष
स्थायी ठेगानाः
जिल्ला चितवन अयोध्यापुरी न.पा. १२
अस्थायी
ठेगानाः जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बाफल
पक्राउ
मितिः- २०८०/०९/१३ गते ।
पक्राउ
स्थानः- जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बाफल ।