“ कुवेत पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०९-१७
- A
- A-
- A+
जिल्ला
तेह्रथुम म्याङलुङ न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.
८ गौशाला बस्ने सुवर्ण सिंह तुम्बाहाङफेको श्रीमती बर्ष ४३ की जुनु तुम्बाहाङफेले रस्मिता
भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ६,५०,०००/-
( अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ ) लाग्छ, कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम
लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट पटकपटक गरी जम्मा रु. २,००,०००/-
(अक्षरुपी दुई लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले
यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज जुनु तुम्बाहाङफेको खोजतलास गर्ने क्रममा
मिति २०८०।०९।१६ गते अं. १६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८
गौशालाबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : जुनु तुम्बाहाङफे
उमेर : ४३ वर्ष
वतन : जिल्ला तेह्रथुम म्याङलुङ न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गौशाला ।