“ बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०९-१७
- A
- A-
- A+
जिल्ला
ललितपुर कोन्जोसोम गा.पा. वडा नं. १ बस्ने प्रेम बहादुर लामाको छोरा SEE STAR TRAINING CENTER को संचालक बर्ष ४७ को लाल बहादुर लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर,
दावा लामा समेतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर
जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी काठमाण्डौ महाराजगंजमा SEE
STAR TRAINING CENTER खोली बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख
सम्म लिएकोमा वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि
विमानस्थलबाटै नेपाल फर्काइएकोमा पिडितहरुले आफुहरु ठगिएको थाहा पाई वैदेशिक
रोजगार विभागमा निवेदन दिएकोमा उक्त ट्रेनिङ सेन्टरका संचालक लाल बहादुर लामा भागी
फरार रहेकोमा मिति २०८० ।०९।१६ गते १५:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. ३१ शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा निजले धेरै
बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम उठाएको र निजको ट्रेनिङ सेन्टरबाट ९९७
राहदानी बरामद भएको समेत बुझिन आएकोले निजलाई थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : लाल बहादुर
लामा
उमेर : ४७ वर्ष
वतन : जिल्ला ललितपुर कोन्जोसोम गा.पा. वडा नं. १ ।